Wednesday, 12 December 2012

बच्चा जन्मिएपछि बेपत्ता हुने पुरुषको संख्या बढ्दो


 युवतीलाई विभिन्न आश्वासन बाँडी विवाह गरेका युवकहरु बच्चा जन्मिएपछि श्रीमतीलाई छाडेर बेपत्ता हुने क्रम बढ्न थालेको छ । झुटो ठेगाना दिएर विवाह गरेका युवकहरु श्रीमतीलाई वास्तविक ठेगाना नै नभनी बच्चा जन्मिएपछि अलपत्र छाडेर बेपत्ता हुने गरेको पाइएको हो । सहरमा बस्ने अशिक्षित र विपन्न परिवारमा यस्ता घटना हुने गरेको खबर राजधानी दैनिकले छापेको छ ।
पाटनमा बसोबास गर्दै आएकी नैना दाहालका श्रीमान तीन महिनादेखि बेपत्ता छन् । श्रीमान्को खोजी गर्न उनी महिला आयोगदेखि मन्त्रालय हुँदै विभिन्न अधिकारवादी संस्था पनि पुगिन् । बच्चा जन्मिएपछि बेपत्ता श्रीमानको अझै टुंगो लागेको छैन् ।
काममा गएका उनका श्रीमानले चारदिनपछि घर आउँछु भनेका थिए । चार दिनमा पनि घर नआएपछि फोन गरेर सोध्दा भोली आउँछु भने, र भोली पनि नआएपछि फेरि फोन गर्दा उनकी जेठी श्रीमती र छोराले फोन उठाएर बानेश्वरमा सवारी दुर्घटनमा परी मरेको खबर सुनाएको नैनाले बताइन् ।
काभ्रेकी संगीता तामाङको कथा पनि उस्तै छ । दाजुसँग काठमाण्डौं आएकी उनले परिवारसँग सल्लाहनै नगरी सिन्धुपाल्चोक ठेगाना बताउने एक युवकसँग विवाह गरिन् । बच्चा जन्मनु एक महिना अघि उनका पनि श्रीमान एकाएक बेपत्ता भएका छन् । काम गर्न नसक्ने अवस्था श्रीमान बेपत्ता भएपछि अहिले उनी सहारा र खर्चबिहीन भएकी छन् ।

You Might Also Like This

 

Pages