Wednesday, 12 December 2012

गर्भपतन गराउने शिक्षित बढी


 पटक पटक गर्भपतन गराउनु स्वास्थ्यका लागि गम्भिर समस्या हो । यस्तो जान्दा जाँन्दै पनि सहरका शिक्षित महिला नै पटक पटक गर्भपतन गर्न अग्रसर देखिने गर्दछन् । सरकारसमेत सहभागी भएर हालै काठमाण्डौं उपत्यकामा गरेको सर्वेक्षण प्रतिवेदनले यो तथ्य औलाएको हो ।
उपत्यकाका एक हजार एकसय ७२ महिलामा गरिएको अध्ययनले एकतिहाइ महिलाले खतरा जाँदा जाँन्दै पनि पटक पटक दोहोर्‍याएर गर्भपतन गर्ने गरेको जनाएको हो । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार स्वास्थ्य महाशाखा र आइपासको सहकार्यमा डाक्टर श्याम थापाको समूहले गरेको अध्ययनले काठमाण्डौं उपत्यकामा रहेका प्रसुती सेवा प्रदायक अस्पताल र मेरी स्टोप सेन्टरहरु समेटेको थियो ।
अध्ययनमा सरकारी क्लिनिकमा गर्भपतन सेवा लिन आएका महिलाको तुलनामा निजी क्लिनिकमा सेवा लिन आएका महिलाले एकभन्दा बढी पटक गर्भपतन गराएको देखिएको खबर कान्तिपुर दैनिकले छापेको छ । ‘अरु बच्चा जन्माउन नचाहने, प्राथमिक र माध्यमिक शिक्षा हाँसिल गरेका महिलाले अन्य महिलाको तुलनामा एकभन्दा बढी पटक गर्भपतन गराएको पाइयो,’ डाक्टर थापाले भने ।
बढ्दो सहरीकरण, यौन उदारता, परिवा नियोजनप्रतिको लापरबाहीपन, परिवार नियोजनका साधानको सही उपयोग गर्न नसक्दा अनिच्छित गर्भ रहने गरेको देखिएको छ ।

You Might Also Like This

 

Pages