Thursday, 27 December 2012

ध्रुवे समान्त नेताहरु चितवन जाने:-

मान्छे मार्ने जंगली हात्ती मार्ने निर्णय भएको दुई साता वितिसक्दा पनि हात्ती नियन्त्रणमा आएको छैन । चितवनका दल र सर्वसाधारणले प्रशासनले हात्ती नमार्ने पो हो कि भन्ने शंका गर्न थालेका छन् । यो शंका मेटाउन प्रशासनले राजनीतिक दलका नेताहरुलाई नै जंगल लगेर हात्ती नियन्त्रणका प्रयास नियाल्ने मौका दिने भएको छ । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. महेश्वर ढकालका अनुसार आउँदो शनिबार दलहरु घरेलु हात्तीमाथि बसेर हात्ती नियन्त्रणमा लिन निकुञ्जले गरेको प्रयासको अनुगमन गर्नेछन् । बुधबार चितवन जिल्ला प्रशासनमा भएको सर्वपक्षीय छलफलमा यस्तो निर्णय भएको नागरिक दैनिकमा खबर छ ।
अनुगमनमा जाने टोलीको नेतृत्व प्रमुख जिल्ला अधिकारी हिमनाथ ढवाडीले गर्नेछन् । ‘हात्तीलाई स्थायी नियन्त्रणमा लिने कुरा मंसिर १ को बैठकमा भएको थियो । त्यसपछि दुई जनालाई मारेपछि पुस १ को बैठकले हात्ती मार्ने निर्णय गरेको थियो । तर हात्ती नमरेपछि उत्पन्न आशंका निवारण गर्न अनुगमनमा जाने भएका हौं’ दवाडीले भने ।

You Might Also Like This

 

Pages