Thursday, 27 December 2012

अर्को सुडान प्रकरण, एपीसीमा भ्रष्टाचार

संयुक्त राष्ट्रसंघको सुडान मिसनमा कार्यरत प्रहरीका लागि खरिद गरिएको आम्र्ड पर्सनल क्यारियर (एपीसी) मा साता करोड रुपैयाँ भ्रष्टाचार भएको खुलासा भएको छ । पहिलो पटकको एपीसी काम नलाग्ने भएपछि दोस्रो पटक खरिद गरिएका चारओटा एपीसीमा नेपाल प्रहरीको प्रवन्ध शाखाकै संलग्नतामा भ्रष्टाचार भएको हो ।
शाखाले एपीसीको तत्कालीन बजार मूल्यभन्दा बढी दरभाउ उल्लेख गरिएको टेन्डरलाई स्वीकृत गरी भ्रष्टाचार गरेको राजधानी दैनिकमा खबर छ । काठमाण्डौंका लागी स्थानीय एजेन्ट नेपाः इन्टरनेसनल ट्रेड प्रालिमार्फत चाइना नथए इन्डस्ट्रिज कर्पोरेसनमा निर्मित ती एपीसी खरिद गरिएको हो । ३ लाख ९७ हजार ८ सय डलरमा खरिद गरिएका ती एपीसी सुडानको डार्फरमा गत शनिबारबाट प्रयोगमा ल्याइएका छन् ।

You Might Also Like This

 

Pages