१७ मंसिर, काठमाडौं । इङ्ग्ल्याण्डका फुटबलर डेविड बेकहृयामले लिग उपाधि जिताएर अमेरिकी क्लब एलए ग्यालेक्सीबाट विदा लिएका छन् ।
शनिबार राति भएको फाइनलमा हृयूस्टन डाइनामोलाई ३-१ ले पराजित गर्दै एलए ग्यालेक्सीले जित उपाधि जितेको छ । खेलपछि बेकहृयामले भनेका छन्-’मेरो लागि यो क्लब मेरा लागि विशेष छ र रहने छ । यस क्लबमा करिव छ वर्ष विताएपछि म खुसी छु ।’
उनी साढे ५ वर्षदेखि ग्यालेक्सीबाट खेल्दै आएका थिए । उनी रहँदा एलए ग्यालेक्सीले दुई पटक लिग उपाधि जितेको छ ।
यसअघि उनी इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड र स्पेनिस लिगमा रियर मडि्रडबाट खेलेका थिए । अब बेकहृयाम कता जाने भन्ने निश्चित छैन । तर, फेरि एक पटक च्याम्पियन्स लिग खेलेर फुलबलबाट विदा लिने इच्छा उनले देखाएका छन् ।