Sunday, 2 December 2012

याहुलाई झण्डै ३ अर्ब डलर जरिवाना

मेक्सिकोको एक अदालतले इन्टरनेट कम्पनी याहुलाई २ अर्ब ७० करोड डलर जरिवानाको फैसला सुनाएको छ ।
करार सम्झौता बमोजिम काम नगरेको लगायतका मुद्दामा याहु विरुद्ध मोटो रकम जरिवानाको फैसला सुनाइएको छ ।
याहुले भने आफु विरुद्ध लगाइएका आरोप झुटा भएको भन्दै आफुले यस फैसला विरुद्ध पुनरावेदन गर्ने जनाएको छ ।
याहु विरुद्ध वल्र्ड वाइड डाइरेक्टोरिज र आइडियाज इन्टेर्याक्टिभ कम्पनीले मुद्दा हालेका थिए ।
उता याहुले मोटो रकम जरिवना तिर्नुपर्ने मेक्सिको सिटी नागरिक अदालतको फैसलापछि याहुको शेयर मुल्यमा १.४ प्रतिशतले गिरावट आएको छ ।

You Might Also Like This

 

Pages