Thursday, 13 December 2012
संयुक्ताले पाइन् लण्डनमा अवार्ड
चर्चित फेसन डिजाइनर संयुक्ता श्रेष्ठ लन्डनमा सम्मानीत भएकी छिन् । उनलाई सोर्स अवार्ड अन्तर्गतको ग्लोबल अवार्डस् फर सस्टेनबल फेसन मा हाइली कमेन्डेड ब्रान्ड लिडर डिजाइन अवार्डबाट सम्मानीत गरिएको हो ।
कार्यक्रममा मध्य लन्डनमा कला तथा फेसन क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिती थियो । अवार्डमा संयुक्ताले तयार पारेको दुलहीको पहिरन नोमिनेशमा परेको थियो । लन्डनमा फेसन डिजाइनिङ गरिरहेकी संयुक्ता विवाह तथा दुलहीको पहिरन डिजाइन गर्न चर्चित मानिन्छिन् । यसअघि उनले लन्डनमा बेस्ट पर्फ]{ट वेडिङ न्युकमर अवार्ड २०११ तथा ब्राइडल इन्नोभेसन अवार्ड २०११ समेत हात पारिसकेकी छिन् । उनको डिजाइनले बेलायत, वेल्स, उत्तरी आइरल्यान्ड तथा गणतन्त्र आयरल्यान्डका लागि लक्जरियस बुटिकहरुमा राम्रो बजार लिइरहेका छन् ।