Thursday, 13 December 2012
काठमाडौंको भोटाहिटीमा आगलागी
२८ मंसिर, काठमाडौं । काठमाडौंको भोटाहिटीमा आगलागी भएको छ । भोटाहिटी फलफुल बजारमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणको प्रयास जारी छ । खाना पकाउन एलपी ग्याँसको सिलिण्डर पडि्कएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
आगो निभाउन खोज्दा एक जना सशस्त्र प्रहरीका जवान घाइते भएका छन् । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । क्षतिको थप विवरण आउन बाँकी नै छ ।