Friday, 14 December 2012

सुत्केरीको ज्यान गएको भन्दै प्रदर्शन

मंसिर २९ – काठमाडौको थापाथलीमा रहेको प्रसुतिगृहको लापरबाहीका कारण सुत्केरीको ज्यान गएको भन्दै आफन्त र परिवारले विरोध गरेका छन् । धादिङको मार्पाक ५ माथिल्लो राम्चेकी २१ वर्षिया गोमा कुँवरको ४ दिनअघि उपचारमा क्रममा ज्यान गएको थियो । गोमाको परिवार र आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । बिरामीको ज्यान गएकोबारे अस्पतालसंग सोधपुछ गर्दा गैरजिम्मेवारीपूर्ण जवाफ दिएको गोमाका दाजू नारायण कुँवरले बताउनुभयो । शल्यक्रियापछि स्वास्थ्य अवस्था नाजुक भएपछि मात्र प्रसुति गृहले गोमालाई काठमाडौ मेडिकल कलेज सिनामंगलमा रेफर गरेको परिवारको गुनासो छ ।

You Might Also Like This

 

Pages