Friday, 14 December 2012

अनुहार हेरेरै महिलाले पत्ता लगाउँछन् धोकेबाज पुरुष

धेरै युवतीहरुले पिरतीमा धोका खाएका दृष्टान्त हाम्रो सामु हुँदाहुँदै सायद यो कुरा पत्यार नलाग्न सक्छ। तर एक अध्ययनले के देखाएको छ भने महिलाहरुले कुनैपनि पुरुष धोकेबाज हो की होइन भन्ने कुरा उसको अनुहार हेरेरै पत्ता लगाउन सक्छन्। अध्ययन अनुसार पुरुषको दाह्री जुँगा, दाँत, चिउडो लगायतका अंग हेरेरै महिलाले पुरुष धोकेबाज हो की साँचो प्रेमी हो भन्ने कुरा पत्ता लगाउन सक्छन्।
फराकिलो कुकुर दाँत भएको, चौडा चिउँडो भएको तथा भद्दा आँखिभौँ भएको पुरुषमा धोकेबाजी चरित्र हुने अध्ययनको निष्कर्ष छ र यिनै चरित्रका आधारमा महिलाले कुन पुरुष धोकेबाज हो र कुन साँचो प्रेमी हो भन्ने कुराको चाल पाउन सक्छन्। तर महिलाको अनुहार हेरेर धोका वा प्रेमको गन्ध पाउन पुरुष भने असमर्थ हुन्छन्। अस्ट्रेलियामा गरिएको अध्ययनका क्रममा झण्डै २ सय जना स्वयंसेवक परिचालन गरिएको थियो। त्यस क्रममा महिला तथा पुरुषहरुलाई उनीहरुले कहिल्यै प्रेमका धोका दिए वा पाए नपाएको तथा अहिलेको प्रेम सम्बन्धका विषयमा सोधिएको थियो। यसरी सोधेर तस्वीर समेत लिइएका ती व्यक्तिहरुको तस्वीर अरु व्यक्तिहरुलाई देखाइएको थियो र तस्वीरका ती व्यक्ति कत्तिको धोकेबाज हुन सक्छन् भन्ने प्रश्न सोधिएको थियो। त्यस क्रममा महिलाहरुले गरेको अनुमान तुलनात्मक रुपमा सही ठहरियो।

You Might Also Like This

 

Pages