Thursday, 20 December 2012

राष्ट्रपति–शीर्ष नेता भेट, प्रचण्डले भने–‘राष्ट्रपति भारत जानुअघि नै सहमति बन्छ’

काठमाडौं, पौष ५ । सहमतीय सरकार गठनका विषयमा राष्ट्रपति डा. रामवरण यादवले आज साँझ ४ दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको छलफलमा नेपाली कांग्रेसबाट सभापति सुशील कोइराला र महामन्त्री कृष्ण सिटौला, एकीकृत माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अमिक शेरचन, नेकपा एमालेबाट अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल तथा मधेशी मोर्चाबाट महन्थ ठाकुर र विजय गच्छेदार सहभागी थिए । झण्डै २ घण्टाको छलफलपछि बाहिरिएका माओवादी अध्यक्ष प्रचण्डले मुलुक सहमतिमा गईसकेको भन्दै राष्ट्रपति यादव भारत भ्रमणमा जानु भन्दा अघि नै सहमतीय सरकार बन्ने दाबी गरे । प्रचण्ड बाहिरिएपछि पनि अन्य दलका नेताहरुसँग राष्ट्रपतिले कुरा गरेका थिए ।

You Might Also Like This

 

Pages