काठमाडौ, पुस ६ - कम्ति हल्ला भएन। अझ यताभन्दा उता, अर्थात पश्चिमा मुलुकतिर । डिसेम्बर २१
मा संसार ध्वस्त हुँदैछ भन्ने 'गलत' प्रचार कतिले पत्याए । ज-जसले पत्याएनन्, उनीहरूले पनि चासो राखे
। अमेरिका र युरोपमा त यसलेसानोतिनो हलचल नै ल्यायो । थोरै बाछिटा नेपालमा पनि देखियो ।
बैज्ञानिकहरूले सुरु देखि नै भन्दैथिए,'डराउनुपर्दैन, केही हुँदैन । अरू दिन जस्तै सामान्य हुनेछ उक्त दिन पनि ।' आखिर भएन पनि केही । बैज्ञानिकहरू सही सावित भए, शुक्रबार सामान्य नै छ, तपाई उसैग हिजोअस्ती जस्तै अखबार पढिरहनुभएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासालगायतका वैज्ञानिकले
यस्तो हल्लाको पछि नलाग्न भनेका छन् । 'असाधारण दावीका लागि असाधारण प्रमाण चाहिन्छ,' नासाका वैज्ञानिकडा.डान यौम्यान्सले आफ्नो संस्थाको श्रव्य दृष्य सामाग्रीमा भनेका छन्,'विश्वमा घटनाहरूको तथ्याङ्क राख्न थालेयता सयौं भविष्यवाणीमा पृथ्वी अन्तको दावी गरिएको छ। तर अहिले पनि हामी यहीँ छौं ।''सुमेरु सभ्यताको समय खोजीएको काल्पनिक ग्रह निवरु पृथ्वीसंग ठक्कर खाने' हल्ला चलाइएको थियो ।बैज्ञानिकहरूको दाबी छ, 'त्यसको कुनै आधार छैन ।पृथ्वीमा दिउसै अध्यारो छाउूदैन ।'
भारतको एमपी विरला तारामंडलका निर्देशक एवं नासाका खगोलविद डीपी दुरइले भारतीय संञ्चार
माध्यममा जनाएका छन, यो एउटा हल्लामात्र हो ।'त्रिभुवन विश्वविद्यालय, भौतिक शास्त्र केन्द्रीय
विभागका प्राध्यापक उदय राज खनालका अनुसार शुक्रबार वर्षकै छोटो दिन भने हुनेछ । 'हरेक वर्ष एक
पटक पृथ्वी, सुर्य र आकासगंगा एक रेखामा आउँछन्,' उनले भने, 'यसले सुर्य,पृथ्वी वा आकास गगाको चारैतर्फ र सुर्यको गतिमा कुनै फरक पर्दैन ।'यस्ता हल्लाको पछि लाग्न नहुने उनको सुझाव छ,
'रसुवाको जंगलमा बिहिबार लागेको आगोलाई ज्वालामुखी विस्फोट भनेर फिजाउन खोजियो, यसैबाट हल्लाको प्रभाव कस्तो हुन्छ भन्ने स्पष्ट हुन्छ ।' प्राध्यापक खनालले शुक्रबार सौर्य आूधी आउनेसमेत कुनै
सम्भावना नरहेको औल्याए ।माया क्यालेन्डर उध्दृत गर्दै २१ डिसेम्वरलाई पृथ्वी अन्तको दिन भनिएको थियो । प्राध्यापक खनालका अनुसार उक्त क्यालेण्डरमा दुई सय ९० दिनको एक वर्ष हुन्छ । माया सभ्यता अनुसार यो केवल एउटा युगको अन्त हो, जुन पाँच हजार एक सय २५ वर्षको थियो ।माया क्यालेण्डरलाई १३ बख्तुनमा बाडिएको छ । एक बख्तुन करिव ३९३ वर्षको हुन्छ । १३ बख्तुन २१ डिसेम्वर २०१२ मा समाप्त हुने भएकाले यसलाई पृथ्वी अन्तको रुपमा हल्ला गरिएको हो ।यस्तै फ्रान्समा १६ औं
शताव्दिका भविष्यवेत्ता नास्त्रेदमसको भनाइलाई टेकर पनि यस्तो हल्ला फैल्याइएको हो । उनले आफनो कवितामा भविष्यमा हुने घटनाबारे वर्णन गरेको बताइन्छ ।