Sunday, 16 December 2012
सलमानले दबंग २ दिल्लीका प्रहरीसँग बसेर हेर्ने
नयाँ दिल्ली, पुस १ (एजेन्सी) - आउँदो साता रिलिज हुने सलमान खानको दबंग २ दिल्लीका प्रहरीलाई रिलिजपूर्व नै देखाइने भएको छ। त्यहाँका प्रहरीले सलमान खानसँग बसेर फिल्म रिलिज हुनुभन्दा दुई दिनअघि नै दभङ्ग २ हेर्न पाउने भएका छन्। तर, सबै प्रहरीले यो अवसर पाउने छैनन्। काममा तगडा ठहर्याइएका प्रहरीका लागि मात्र विशेष सो आयोजना गर्न लागिएको हो।
फिल्म देखाउनमात्र होइन हिरो सलमान खानले त्यहाँ सहिद भएका प्रहरीको स्मारकमा गएर श्रद्धाञ्जलीसमेत अर्पण गर्नेछन्।
सलमानले आफू पनि प्रहरीसँगै बसेर फिल्म हेर्नेछन्। त्यसपछि २००१ मा संसद भवनमा भएको आक्रमणमा सहिद भएकाका परिवारलाई भेट्नेछन्।
सलमान खानको दभङ्ग सुपरहिट भएपछि त्यसकै सिक्वेल उनका भाइ अरवाज खानले बनाएका हुन्।