Thursday, 13 December 2012

सन्नीलाई खोज्ने सबैभन्दा बढी


सन् २०१२ मा कुन बलिउड सेलिब्रेटीलाई इन्टरनेटमा सबैभन्दा बढि खोजियो होला ? सायद तपाइँको उत्तर हुनसक्छ कटरिना कैफ, सलमान खान, शाहरुख खान आदि । तर तपाइँको अनुमान गलत छ । वर्ष सन् २०१२ मा कटरिना, करीना तथा सलमान जस्ता स्टारहरुलाई एक नवप्रवेशीले नराम्ररी पछारेकी छिन् । भलै उनी मूलधारका फिल्ममा स्टार नबनेपनि अश्लील फिल्मकी भने चल्तीकी पोर्नस्टार हुन् । हो, उनै सन्नी लियोन यो वर्ष गुगलमार्फत भारतभित्र सबैभन्दा बढि खोजी गरिएकी बलिउड सेलिब्रेटी बनेकी छिन् ।
जिस्म टू बाट बलिउडमा डेब्यु गरेकी सन्नी फिल्मका कारण मात्र नभएर कण्डम विज्ञापन तथा फोटोशूट लगायतका कारणबाट समेत वर्षैभरी चर्चामा रहन सफल भइन् ।
भारतीयहरुद्वारा गुगलमा खोजी गरिएका बलिउड सेलिब्रेटीको दोश्रो नम्बरमा बलिउडका पहिलो सुपरस्टार स्वर्गीय राजेश खन्ना छन्, पटकपटक अश्लील हर्कत गरेर चर्चामा आएकी पूनम पाण्डे तेश्रो स्थानमा पर्न सफल भएकी छिन् भने फिल्म निर्देशक महेश भट्टकी छोरी आलिया भट्टले आश्चर्यजनक रुपमा चौथो स्थान कब्जा गरेकी छिन् । विवादित धर्मगुरु निर्मल बाबा पाचौँ स्थानमा परेका छन् ।
प्लेब्वायका लागि नांगिएकी सर्लिन चोपडा भने अपेक्षाकृत रुपमा कम खोजी गरिएकी सेलिब्रेटीको रुपमा छैटौँ स्थानमा छिन्, फिल्म निर्माता स्वर्गीय यश चोपडा सातौँ स्थानमा छन् । बलिउडका सलमान र शाहरुखलाई चक्मा खुवाउँदै तेश्रो खान सैफ अली खान आठौँ स्थानमा परेका छन् ।
त्यस्तै फिल्म ककटेलबाट बलिउडमा कदम राखेकी अभिनेत्री डायना नवौँ स्थानमा छिन् भने महाराष्ट्रका पूर्व मुख्यमन्त्री विलासराव देशमुख भारतीयहरुद्वारा सबैभन्दा बढि खोजीएका मान्छेहरुको सूचिमा दशौँ स्थानमा परेका छन् ।

You Might Also Like This

 

Pages