Thursday, 20 December 2012

प्रहरी हवल्दारले कार्यालयभित्रै गोली हानी आत्महत्या गरे


नेपालगन्ज, पुस ५-जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी हवल्दार
रामबहादुर पालले कार्यलयभित्रै गोली हानी आत्महत्या गरेका छन्।
डडेल्धुरा घर भएका ३५ वर्षीय पालले बिहीबार आफैंले गोली हानी आत्महत्या गरेको मध्यपश्चिमका प्रहरी नायब महानिरीक्षक डिआइजी टपेन्द्रध्वज हमालले नागरिकन्युजलाई बताए।हवल्दार पालले प्रहरी सेन्ट्री नजिकै दिउँसो एक बजेर चालिस मिनेट जाँदा एक्कासी आफैंले गोली हानेका थिए। उनले
आत्महत्या गर्नुको कारण खुलिनसकेको प्रहरीले जनाएको छ।

You Might Also Like This

 

Pages