Monday, 17 December 2012
KFC मासु प्रकरण : संलग्न चार कर्मचारीलाई दुई महिना निलम्बन
काठमाडौं,(नागरिक)- कृषि विकास मन्त्रालयले अन्तर्राष्ट्रिय चेन रेस्टुरेन्ट केन्टुकी फ्राइड चिकेन (केएफसी)लाई भारतबाट अवैधरुपमा कुखुराको मासु आयात गर्न सहयोग गरेका पशु क्वारेन्टाइनका चार कर्मचारीलाई दुई महिनाका लागि निलम्बन गरेको छ।
सोमबार कृषि विकास मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै भारतबाट अवैध कुखुराको मासु भित्र्याउन चार कर्मचारी संलग्न रहेको भन्दै निलम्बन गरेको बताएको छ। निलम्बन हुनेमा केन्द्रीय पशु क्वारेण्टाइन काठमाडौंका वरिष्ठ पशु चिकित्सक डा. मोहनदेव लेखक, पशु क्वारेण्टाइन वीरगञ्जका मुनीलाल चौधरी, राष्ट्रिय पंछीरोग अन्वेष० प्रयोगशाला चितवनका डा. दायाराम चापागाईँ र पशु क्वारेण्टाइन कार्यलय वीरगञ्जकै डा. हरेराम यादव रहेका छन्।
त्यस्तै मन्त्रालयका सहसचिव उत्तमकुमार भट्टराईको संयोजकत्वमा पशु सेवा विभागका उपमहानिर्देशक डा. रामकृष्ण खतिवडा र केन्द्रीय पशु क्वारेण्टाइन कार्यालयका प्रमुख डा. डा. बोधप्रसाद पराजुली सदस्य रहेको तीद्द सदस्यी छानबिन टोली गठन गरेको छ।हिजोमात्र पशु सेवा विभागले संलग्न कर्मचारीलाई कारबाही प्रक्रिया अगाडि बढाएको बताएको थियो।
शनिबार केएफसीको मासु लिएर राजधानी आउँदै गरेका एमएच-४३-यु-४३३७ र डिएल-१-एम-६५८२ नम्बरका कन्टेनरलाई किसानले नियन्त्रणमा लिएका थिए। उनीहरूले दुवै कन्टेनरको पांग्राका हावा खोलेर सडकमा रोकिदिएका थिए।