Monday, 17 December 2012

१ सय ८५ एमबीबीएस डाक्टरले लाइसेन्स पाएनन्;-

एमबीबीएस उत्तीर्ण गरेका १ सय ८५ बिद्यार्थी नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएका छन् । काउन्सीलले शनिवार लिएको परीक्षामा नेपालसहित बिदेशमा एमबीबीएस अध्ययन गरेका ६ सय ६४ बिद्यार्थी सहभागी थिए । त्यसमध्ये १ सय ८५ जना बिद्यार्थी अनुत्तीर्ण भएको काउन्सीलले जनाएको छ । काउन्सीलको लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुनेले बिरामी जाँच्न पाउँदैनन् ।
यसरी अनुत्तीर्ण हुनेमध्ये अधिकांश विदेश अध्ययन गरेकाहरु रहेको बताइएको छ । नेपालका मेडिकल कलेजहरुमा प्रतिस्पर्धाका आधारमा नाम निकाल्न नसक्नेहरु पैसा खर्च गरेर बिदेशी मेडिकल कलेजमा अध्ययन गर्न जान्छन् । खासगरी बंगलादेश र चीनमा अध्ययन गरेका विद्यार्थीहरु काउन्सीलको लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुने गरेका छन् । काउन्सील स्रोतका अनुसार चीनमा पढेका बिद्यार्थीले त दर्जनौंपटक परीक्षा दिंदा पनि पास गर्न सकेका छैनन् । यसैगरी गत मंसिर १६ गते काउन्सीलले लिएको एमडी अर्थात बिशेषज्ञ चिकित्सकको परीक्षामा १३ जना डाक्टरहरु अनुत्तीर्ण भएका छन् । जसमध्ये १२ जना बिदेश अध्ययन गरेकाहरु छन् भने १ जना पोखरास्थित मणिपाल शिक्षण अस्पतालका उत्पादन हुन् । काउन्सीलका अध्यक्ष डा. दामोदर गजुरेलले अधिकांश बिदेशमा अध्ययन गर्ने बिद्यार्थी फेल भएको देखिएकाले बिदेश पढ्न पठाउनुअघि नै नियमन हुनुपर्ने बताउनुभयो ।

You Might Also Like This

 

Pages