Saturday, 19 January 2013
राजा वीरेन्द्रका मोहीमाथि माफियाको चलखेल
तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको नामबाट नेपाल ट्रस्टमा नामसारी भएको सरकारी जग्गा हडप्न भूमाफियाले चलखेल थालेका छन् ।
गणतन्त्र स्थापना पछि नेपाल ट्रस्टको नाममा आएको जग्गा भूमिसुधार ऐनविपरीत बाबुराम भट्टराई नेतृत्वको सरकारले मोहीलाई नै फिर्ता गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि वास्तविक मोहीभन्दा बाहिरका व्यक्तिहरु आफ्ना नाममा सरकारी जग्गा नामसारी गर्न लागिपरेका हुन् । भदौ २५ गतेको मन्त्रिपरिषद बैठकले मोहीहरुलाई जग्गा फिर्ता गर्ने निर्णय गरेको खबर नागरिक दैनिकले छापेको छ ।
नेपाल ट्रस्टमा ल्याइसकिएको काठमाण्डौं मातातीर्थको झन्डै ८० रोपनी जग्गा हडप्न नक्कली मोही सक्रिय भएका हुन् । जसका लागि केही व्यक्तिले मालपोत कार्यालय पुगेर जग्गा पास गराउन कर्मचारीलाई दबाब दिने गरेको पनि खुलासा भएको छ ।