Saturday, 19 January 2013

बार्सिलोनाको अपराजित यात्रामा पूर्णविराम

७ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाको अपराजित यात्रामा पूर्णविराम लागेको छ । शनिबार राति भएको खेलमा बार्सिलोना मध्यक्रमको रियर सोसिडाडसँग ३–२ ले पराजित भएको हो । ७ औं मिनेटमा लिओनल मेस्सीको गोलबाट अग्रता लिएको बार्सिलोनाका लागि २५ औं मिनेटमा पेड्रोले गोल गरे । तर, ४० औं मिनेटमा रियर सोसिडाडका गोन्जालो कास्ट्रोले गोल गर्दै खेलमा फर्कने सैकेत देखायो । ५६ औं मिनेटमा जेरार्ड पिके रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सिमित भएको बार्सिलोना थप दबावमा आयो ।
६३ औं मिनेटमा कास्ट्रोले व्यक्तगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा पु¥यााए भने अन्तिम मिनेटमा एगिर्रेटले गोल गर्दै रियर सोसिडाडलाई ३–२ को जित दिलाए । हारपछि पनि बार्सिलोना २० खेलबाट ५५ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको १९ खेलबाट ४४ र तेस्रो स्थानमा रहेको डिफेण्डिङ च्याम्पियन रियल मड्रिडको ३७ अंक छ । आइतबार लेभान्टेलाई पराजित गर्न सके एथ्लेटिको मड्रिडले बार्सिलोनासँगको दुरी ८ मा झार्नेछ भने भ्यालेन्सियालाई पराजित गर्न सके रियल मड्रिडले १५ मा झार्नेछ ।

You Might Also Like This

 

Pages