Thursday, 10 January 2013
नेकपा-माओवादीको महाधिवेशन सुरु !!
नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले नेपाल विस्तारवादीहरुको स्वार्थपूर्तिको अखडा बन्दै गएको उल्लेख गरेका छन् । पार्टीको सातौँ महाधिवेशनको उदघाटन सत्रलाई राजधानीको खुल्ला मञ्चमा सम्बोधन गर्दै उनले हाम्रो देश हो कि विस्तारवादीको अखडा भन्दै प्रश्न गरेका थिए कार्यक्रममा उनले नेपाली जनताले यसअघि पनि थुप्रै बलिदानी गरेको भन्दै देशका लागि परेमा अझै ठूलो बलिदानी दिन आफूहरु तयार रहेको समेत जनाए ।
भारतसँग असमान सन्धी सम्झौता भएकाले राष्ट्रिय स्वाधिनता जोखिममा परेको समेत उनले उल्लेख गरे । दुई छिमेकी मुलुक मध्ये चीनले नेपालको राष्ट्रिय स्वाधिनताको सम्मान गरे पनि भारतले जहिल्यै गिद्धेदृष्टि लगाएको पनि उनले जनाए ।