Friday, 4 January 2013
पोर्न स्टार सनी लियोनको नयाँ दिल्लीमा धमाकेदार प्रस्तुति
नयाँ वर्ष २०१३ को अवसरमा पोर्न स्टार सनी लियोनले नयाँ दिल्लीमा आयोजित न्यु इयर्स इभमा धमाकेदार प्रस्तुति दिएकी छन् । 'जिम्स टु'मार्फत बलिउड प्रवेश गरएकी नायिका सनी लियोनले ले नयाँ वर्ष २०१३ को अवसरमा धमाकेदार प्रस्तुति दिएर फेरि चर्चामा छाएकी छिन्।
उनीद्वारा प्रस्तुत नृत्यले चिसो मौसममा कार्यक्रम हेर्न पुगेका दर्शकलाई निकै तातो बनाएको समाचारमा जनाइएको छ। होटल ललितमा आयोजना गरिएको उक्त कार्यक्रममा २ हजारभन्दा बढी दर्शकले उनको उत्तेजक नृत्य हेरेका थिए। उनले बलिउडका हिट नम्बरहरू अवि अवि, डिस्को दिवाने, अनार डिस्को चलि, उल्लाला, किनी चलिलगायतका आधा दर्जन गीतमा प्रस्तुति दिएकी थिइन्।
उनले नयाँ दिल्लीमा बलात्कारको घटनाका कारण असुरक्षाको महसुस गर्दै कोलकातामा गर्ने भनिएको प्रस्तुति भने रद्द गरेकी थिइन्। नयाँ दिल्लीको कार्यक्रममा सनीले व्यापक सरकारी सुरक्षाकर्मी र उनका निजी गार्डको घेराबीच प्रस्तुति दिएकी थिइन्। दिल्लीमा भएको बलात्कार काण्डपश्चात् सनीको कार्यक्रमको सुरक्षाका लागि आयोजकले सरकारसँगै सुरक्षाकर्मी मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।