Friday, 4 January 2013

विदेशीभूमीमा रणवीर र कैटरिना सँगै भेटिए

पछिल्लो दिनमा बलिउडका अभिनेता रणवीर कपुर र अभिनेत्री कैटरिना कैफबीच भित्रैभित्रै खासखुस कुराहरु चलिरहेको बेला उनिहरुलाई सँगै भेटिएको छ । अंग्रेजी नयाँवर्षको अवसरमा भने यिनीहरुलाई सँगै भेटिएको दाबी गरिएको छ, त्यो पनि विदेशीभूमीमा । समाचारका अनुसार कैटरिना नयाँवर्षको उत्सव आफ्नो परिवारसँग मनाउन लन्डन गएकी थिइन् । अर्कोतर्फ रणवीर भने न्यूर्योक पुगेका थिए । त्यसपछि कैटरिना लन्डन छाडेर रणवीर भेट्न न्यूर्योक पुगिन् र दुबैसँगै भएर नयाँवर्षको स्वागत गरे ।
रणवीर र कैटरिनालाई न्यर्योकमा एकसाथ नयाँवर्षको उत्सव मनाईरहेको भेटिएको जनाइएको हो । यी दुबैले यस कुरालाई लुकाउने प्रयत्न गरेपनि समाचार भने बाहिर आएको बताइएको छ । पछिल्लो दिनमा यी दुईलाई भारतमा पनि सँगै हुने गरेको देखिएको जनाइएको छ । यसै पनि यी २ का सम्बन्धमा बेलाबेलामा खबरहरु सार्वजनिक त हुँदै आएकै हुन् । तथापी यी दुबैले आफूहरु साथी मात्रै भएको प्रतिक्रिया दिईरहेका छन् भने न्यूर्योक भेटका बारेमा रणवीर र कैटरिनाकोतर्फबाट पुष्टी नगरिएको जनाइएको छ । बलिउडमा रणवीरसँग कैटरिनाले २ फिल्ममा सँगै काम गरेकी छिन् ।

You Might Also Like This

 

Pages