Tuesday, 22 January 2013

साउदी अरबमा नेपाली कामदारहरु अलपत्र, दूताबास मौन

बैदेशिक रोजगारका लागि साउदी अरबमा ३ बर्ष देखी काम गर्दै आएका १५ नेपालीलाई घरजाने बेलामा कम्पनीले बिचल्लीमा पारेको छ । नेपाल सरकारबाट स्वीकृत प्राप्त मेनपावर कम्पनी (Nepal get way oversear pvt.ltd) ,( Humour oversear pvt.Ltd)र (Star oversear pvt.Ltd) बाट दमाममा रहेको Jehan contracting company मा कामको लागि आएका त्यस कम्पनिले रिहाद स्थित पिज्जा ईन ( pizza inn) रेस्टुरेन्टमा सप्लाएरमा दिईएको कुरा पछीमात्र उनीहरुलाई थाहा हुन आयो । पटक पटक छुट्टी जान खोज्दा छुट्टी पनि जान नदिएको अनन्त ३ वर्ष बसेर पनि उनीहरु नेपाल फर्कन नपाउँदा छट्पटाई छट्पटाई दिन काट्ने गरिरहेका छन् । यसरी समस्यामा पर्नेहरूमा बद्रि बराल, नारायण प्रसाद पौडेल, बुक्तुक भोटे, राम थापा, कृष्ण प्रसाद चौधरी, श्याम प्रसाद राई,लोक बिक्रम थापा, धनपति पाण्डे, अमित सुब्बा, तुलसी प्रसाद खनाल, लक्ष्मण खतिवडा, नवराज खड्का, असोक घर्ति, मनराज गुरुङ, बुद्धलाल लामा समस्यामा परेपछि पिडितले दुबईमा कार्यरत आफ्ना दाजुलाई टेलिफोनमार्फत जानकारी गराउँदै आफूहरूलाई तत्काल उद्धार गरि नेपाल फर्काउन अनुरोध गरेका छन् । अभद्रो ब्यबहार प्रयोग गर्दै कम्पनीले दिनहु धम्कि दिने गरे पछि नेपाली राजदुताबास M.B.C मा आफुहरु माथि परेको दुस्ख दिनहु दर्साउदा र पन्ध्र १५ जनाले नेपाली दुताबास रिहादमा निबेदन दिई सकेको (फाईल न.२१) पनि कुनै सुनुवाई न भएकोमा अत्यन्तै निरस छन् भने हाल यस मुद्दालाई लेबरकोटमा दर्ता गर्न पुगेका छन्।
घटना देखा परे पछि कम्पनीमा फसेका ९६ जना नेपालीहरु नेपाल जान खोजि रहेका छन। आफुहरु नराम्रो सग फसिएको हुदा उद्धारका लागि पहल गर्न पनि सम्बन्धित निकायसँग आग्रह गरेका छन् । कम्पनीबाट मानव अधिकार र श्रमशोसण भैरहेको बेला दुताबासबाट उक्त कम्पनीमा फोन सम्पर्क मात्रै गरिएको छ भने दुताबासले कम्पनीमा फोन सम्पर्क गरेपछि पीडितहरुलाई कम्पनीले अप शब्द तथा धम्कीहरु दिने गरेको पिडितहरु बताउछन। अन्य उपाय अबलम्बन नगरी नेपली दुताबास साउदी अरब यसरी मौन बस्नु कहासम्मको जिम्मेवारी होला अबस्य पनि बिदेसमा नेपाल सरकार भनेकै राजदुताबास भएको हुदा यसको लागि कुट्नैतिक पहल गरी उद्धार गर्नु पर्ने अवस्था श्रृजना भएको छ ।

You Might Also Like This

 

Pages