Tuesday, 22 January 2013

नातिले आफ्नै हजुरआमाको हत्या गरे

पोखरा सिमल चौर शीतल मार्गस्थित एक घरमा नातिले आफ्नै हजुरआमाको हत्या गरेका छन् । सिमल चौर शीतलमार्ग घर भएको ७८ वर्षीय सितौली गुरुङलाई उनकै नाति विक्रम गुरुङले घरको दुई तलामाथि देखि खसालेर हत्या गरेका हुन् । दुई तलामाथिदेखि खसालिएकी सितौली गुरुङको घटनास्थलमै मृत्यु भएको हाम्रा संवाददाता फडिन्द्र अकिच्चनले बताएका छन् । आज बिहान ११ बजेर ४५ मिनेट जाँदा विक्रमले हजुरआमालाई खसालेका हुन् ।
हाम्रा संवाददाताका अनुसार अहिले विक्रम वडा प्रहरी कार्यलय बैदामको नियन्त्रणमा छन् । सितौलीलाई किन खसालिएको हो भन्ने अझै खुल्न सकेको छैन । विक्रमको हाउभाउ हेर्दा उनले लागूपदार्थ सेवन गरेको हुनसक्ने बताइएको छ ।

You Might Also Like This

 

Pages