Friday, 4 January 2013
रक्षा’ को प्रोमोमा यस्ती देखिइन् पुजना (भिडियो
चैत्रको दोश्रो साताबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रक्षा’ को प्रोमो सार्वजनिक भएको छ । चलचित्रको प्रोमोमा नायिका पुजना प्रधानलाई भावुक अवस्थामा देख्न सकिन्छ । चलचित्र भित्र उत्तेजक बेडसिन र आइटम नृत्य गरेतापनि निर्माणपक्षले सार्वजनिक गरेको प्रोमोमा उक्त कुराहरु समावेश गरिएको छैन । अर्जुन पोखरेलको संगीतमा दुर्गा खरेलले आवाज भरेको सेन्टिमेन्टल गीतलाई पृष्ठभुमिमा राख्दै प्रोमोमा पात्रहरुलाई देखाउने काम गरिएको छ । चलचित्रका निर्देशक राजु गिरीले सार्वजनिक गरिएको पहिलो प्रोमोले सिनेमाको बारेमा कौतुहलता जगाउने विश्वास व्यक्त गरेका छन् । बस्नेत मुभिजको व्यानरमा तयार भएको चलचित्र ‘रक्षा’मा राजेश हमाल, अशोक फुयाँल, साकिरा घिमिरे, पुजना प्रधान लगायतका कलाकारको अभिनय छ । चलचित्रको प्रोमो अनलाइनखबरमार्फत सार्वजनिक गरिएको हो