Friday, 4 January 2013

महासेनानी लामालाई रिहा गर्न बेलायतसँग आग्रह


२० पुस, काठमाडौं । शान्ति स्थापना कार्यमा खटिएका महासेनानी कुमार लामा बेलायतमा पक्राउ परेकोप्रति सरकारले आपत्ति जनाएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले शुक्रबार पत्रकार सम्मेलन गरी यो घटनाले सरकारलाई दुखित र आश्चर्यचकित बनाएको बताउनुभयो । ‘नेपाल सरकारलाई जानकारी नदिइकनै पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानुन र सार्वभौम मुलुकको क्षेत्राधिकारको सामान्वय सिद्धान्त विपरीत हो’ श्रेष्ठले भन्नुभयो ।
यसले नेपालको शान्ति प्रकृयामा गम्भीर असर पर्न सक्ने पनि उहाँले बताउनुभयो । पक्राउ परेका महासेनानी लामालाई तुरुन्त रिहा गर्न पनि नेपाल सरकारले बेलायत सरकारसित अनुरोध गरेको छ । ‘नेपालका लागि बेलायती राजदूतलाई बोलाएर परराष्ट्रले रिहाईको लागि लिखित आग्रह गरेको छ’ मन्त्री श्रेष्ठले भन्नुभयो ।

You Might Also Like This

 

Pages