Monday, 7 January 2013

जुँगा र चुड्किलाले जेलको हावा खुवायो

जुँगा र चुड्किलाका लागि बर्माका परपर ली र उनका भाइ ल्यू जाँ चर्चित थिए । तर, त्यही जुगाँ र चुडि्कला उनीहरुलाई जेल पुर्‍याउने कारण बन्यो । सैनिक शासनले उनीहरुविरुद्ध देश द्रोहको मुद्दा चलायो र जेल हाल्यो । बस उनीहरुको दोष थियो- चुडि्कालामा आङ साङ सुकीको समर्थन र सैन्य शासनको विरोध ।
ती दिन सम्झदै परपरले भने-’मैले केही चुड्किला मात्र सुनाएको थिएँ । त्यसको बदला मलाई कठोर श्रम सजाय सुनाइयो । मैले सरकारविरुद्ध विद्रोह गरेका थिइन । तर, ममाथि राजनीतिक अपराधको अभियोग लगाइयो ।’ जेलमा आफ्नो हात बाँधिएको र ढुंगा फुटाउन लाएको उनले सुनाए । उनले भने-’अहिल्यै पेटभरी खान दिएनन, गार्डले आफूलाई मन नपर्नेलाई मेरै आँखा अगाडी गोली हानेका छन् ।’ दाजुभाइको समूह बर्माको दोस्रो ठूलो शहर मंडलामा विदेशी पर्यटकहरुलाई मनोरन्जन दिन्छन् । तेस्रो भाई ल्यू माउप्रति सैन्य सरकार केही नरम थियो र उनलाई कैद माफी गरिएका छन् । परपर दाजु भाइ सन् १९९६ मा जेल परे र २००३ मा छुटे । उनीहरु सुकी नजरबन्द मुक्त गर्न सुरु भएको आन्दोलनमा सहभागी भए । गत वर्ष आङ साङ सुकी पनि नजरबन्द मुक्त भइन र बर्मामा अहिले लोकतान्त्रिक सुधार भइरहेको छ ।

You Might Also Like This

 

Pages