Monday, 7 January 2013

बोक्सीको आरोपमा जिउँदै जलाउनेलाई जन्मकैद

। बोक्सीको आरोपमा जिउँदै जलाएर हत्या गरिएकी ढेगनी महतोको हत्यामा संलग्न आठ जनालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला न्यायाधीश भोलानाथ चौलागाईंको एकल इजलासले झाँक्री जुगेश्वर महतोसहित विक्रम महतो, उनकी श्रीमती विक्रमिया, छोरीहरु मञ्जु, लक्ष्मी, सञ्जु, कृष्णकुमारी, ज्वाइँ विक्रमलाई जन्मकैदको सजाय सुनाएको हो । घटनाका आरोपी तीनजनाले भने सफाइ पाएका छन् ।
फैसलाअनुसार उनीहरु अब २० वर्षसम्म जेल बस्नुपर्नेछ । विसं २०६८ फागुन ५ गते माडी बघौलाकी एकल महिला ढेगनी महतोलाई बोक्सीको अभियोगमा जिउँदै जलाएर हत्या गरिएको थियो । यससम्बन्धी मुद्दा चैत २ गते अदालतमा दर्ता भएको थियो । झारी महतोको जाहेरीका आधारमा पक्राउ परेका ११ जनामाथि चितवन जिल्ला अदालतमा २०६८ चैत्र २ गते कर्तब्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

You Might Also Like This

 

Pages