Friday, 4 January 2013

कारबम बिष्फोट हुँदा २७ जनाको मृत्यु

पुष २० । इराकको राजधानी बग्दादको दक्षिणी मुसाइब सहरमा कारबम बिष्फोट हुँदा २७ जनाको मृत्यु भएको छ । करबलामा अरबी पर्व मनाउन आएका २७ सिया धर्मावलम्बिहरुको मुसाइबस्थित कारबम बिष्फोटमा परी मृत्यु भएको हो । बिष्फोटमा ६० भन्दा बढी धर्मावलम्वीहरु घाइते भएको बताइएको छ । इराकको बिभिन्न क्षेत्रका धर्मावलम्बिहरु हाल करबलाको मस्तिजमा अरबियन पर्व मनाउन आएका छन् । पछिल्लो समय इराकमा सिया मुस्लिमहरुलाई लक्षित गर्दै बिभिन्न आक्रमण हुदैं आएका छन् । गत सोमबार पनि मुसाइबमै भएको बिष्फोटमा ७ सिया धर्मावलम्बिहरुको मृत्यु भएको थियो ।

You Might Also Like This

 

Pages