Sunday, 20 January 2013

प्रधानमन्त्रीले राजीनामा नदिए आन्दोलनको आँधीबेरी : देउवा

नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले सहमतिका आधारमा प्रधानमन्त्रीले राजीनामा नदिए आन्दोलनको आँधीबेरी सिर्जना गरेर नै सरकार हटाउने दाबी गरेका छन् ।प्रेस युनियन दाङले तुलसीपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान सरकारलाई आन्दोलनको बलबाट नै हटाउने चेतावनी दिएका हुन ।
कार्यक्रममा उनले सरकार सबैतिरबाट आलोचित भइसकेकाले यसको भविष्य धेरै दिन नरहेको पनि औल्याएका छन् ।
नेता देउवाले सहमतिबिना देशले निकास नपाउने बताउँदै वर्तमान सरकार सहमतिको बाधक बनेकाले मुलुक अनिर्णयको बन्दी भएको समेत उल्लेख गरे ।दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्याराहरूलाई उम्काउन खाजेर सरकार न्यायिक हस्तक्षेपतर्फ उन्मुख भएको भन्दै नेता देउवाले सरकारले न्यायमा हस्तक्षेप गरेका कारण पत्रकार आन्दोलनमा उत्रिएको पनि बताए । 

You Might Also Like This

 

Pages