Sunday, 20 January 2013
दुइ महिलाको धारिलो हतियार प्रयोग गरी हत्या
रुपन्देही जिल्लाको हर्नैया गाविसमा गत मंगलबार दुई महिलाको घाँटी रेटेर हत्या भए पछि गाउका बासिन्दा त्रसित भएका छन् । ३५ वर्षीय आरती लोध र ५० वर्षीय बसन्ती चौधरीको घाँटीरेटी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको ।मंगलबार दिउँसो ४ बजे घास काट्न र तरकारी लिन निक्लिएका महिलाको शव साँझ सात बजे घाँटी रेटिएको अवस्थामा खेतमा फेला परेको थियो ।दुबै महिलाको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । उनीहरूको शव ५० मिटरको दूरीमा खेतमा भेटिएको लोधका ससुरा लखन लोधले जानकारी दिनुभयो । दुवैको शव पोष्टमार्टका लागि आज बिहान भिम अस्पताल भैरहवा लगिएको छ । घटनाबारे थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्यामा सलग्न रहेको आशंकामा प्रहरीले स्थानीय ४ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
