Wednesday, 16 January 2013
नेपालका कन्टेनर कोलकातामा अड्किए
काठमाण्डौं ३ माघ वीरगञ्ज नाकामार्फत भित्र्याउने गरी प्रतीतपत्र खोलिएको सामान विराटनगरबाट ल्याएको भन्दै भारतको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबीले एक कर्मचारीसहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरेपछि कोलकाता बन्दगाहमा तेस्रो मुलुकबाट आएका नेपाली कार्गोको जाँचपासमा ढिलासुस्ती सुरु भएको छ । एक सातयता नेपालका लागि ल्याइएका डेढसय भन्दा बढी कन्टेरन अड्किएका छन् ।
एक भन्सार एजेन्टका अनुसार युनिभर्सल नामको कम्पनीले वीरगञ्ज नाका मार्फत भित्र्याउने गरी ल्याएको एक रेल रसायनीक मल वीरगञ्जका लागि प्रतितपत्र बनाएपनि पछि कोलकाता बन्दरगाह हुँदै विराटनगरबाट ल्याएपछि सीआईबीले अनुन्धान सुरु गरेको हो ।
जोगमनीमा नेपाली ट्रकमा रोक
जोगमनिस्थित भारतीय भन्सारमा नेपाली मालबाहक ट्रकलाई रेलव्े्बाट सामान ल्याउन र लैजान रोक लगाएको छ ।
मंगलबार जोगवनी आइपुगेका मालबाहक ट्रकहरुलाई रोकेर भारतीय अधिकारीहरुले बुधबारदेखि दूतावासबाट स्वीकृतिपत्र लिएर आउन निर्देशन दिएको खबर कान्तिपुर दैनिकले छापेको छ ।