Wednesday, 16 January 2013

बाउबिरुद्ध मुद्दा हाल्ने तयारी

पात्याईहाल्न मुस्किल । तर, यो बास्तविक हो कि निकट भबिष्यमै पूर्वराजा ज्ञानेन्द्रमाथि नेपालको तल्लो तहको अदालतमा मुद्दा चल्ने अबस्था सिर्जना भएको छ । द्वन्द्वकालिन मुद्दालाई लिएर दैलेखदेखि लण्डनसम्म तरङ्ग सिर्जना भइरहेका बेला द्वन्द्व उत्र्कषमा रहेका बेलाका शासक ज्ञानेन्द्रमाथि त्यस्तो मुद्दा लाग्न थालेको भने हैन् । यो त उनको घरभित्र चलेको रडाको हो । पत्नी कोमलको शरिरमा रहेको गोलीको छर्रा निकाल्न ज्ञानेन्द्र परिवारसहित सिंगापुर गएका बेला छोरा पारस शाह थाइल्याण्डमा लागूऔषध मुद्दामा पक्राउ परेका थिए । त्यही बेला पारस धरौटीमा रिहा भए । धेरैले अनुमान लगाए कि छोराको धरौटीचाहिं बाबु ज्ञानेन्द्रले नै तिरिदिए ।
एक्लो छोरा माया त लागिहाल्छ नी भन्ने कसैले अनुमान गरेको भए त्यो सोह्रै आना गलत ठहरिने छ । ज्ञानेन्द्रले धरौटीको पैसा दिनु त परको कुरा, उल्टै दाजुको दुःख देखेर पैसा तिरिदिने बहिनीहरुलाई पनि हप्काएको बुधबारको जनआस्था साप्ताहिकले छापेको छ । अहिले तिनै बहिनीहरु काठमाण्डौ फर्किएर दाजुका लागि कस्तो वकिल खोज्ने भन्ने तयारी गरिरहेका छन् । आखिर किन चाहियो पारसलाई वकिल ? स्रोतका अनुसार बाबुदेखि दिक्क भएका पारस उनीबिरुद्ध अदालतमा मुद्दा हाल्ने मनस्थीतिमा पुगेका छन् । बाबुबाट भएको बेवास्ता, आफ्नी श्रीमती र छोराछोरीमाथि बाबुले जमाएको नियन्त्रणजस्ता बिषयबाट रुष्ट भएका उनले सकेसम्म छलफलबाट नभए अदालती प्रकृयाबाट भए पनि न्याय खोज्ने सोंचमा पुगेका छन् । उनले जिल्ला अदालत काठमाण्डौमा अंश मुद्दा हालेर सम्पत्ति लिने सोंच बनाएको समाचारमा उल्लेख छ । थाइल्याण्डको हिरासतबाट मुक्त गराउने पारसकी सहोदर बहिनी भने थिइनन् । धिरेन्द्रकी छोरी सिताष्मा र पुजाका पति डा. राजीवा शाहीले रकमको जोहो गरेर पारसलाई थुनामुक्त बनाएका थिए । सिंगापुर र थाईल्याण्ड पुगेका पूर्वराजपरिवारका सबै सदस्य अहिले देश फर्किसकेका छन् । फर्किपछि पूर्वअधिराजकुमारी स्व. शान्ति सिंहका छोरा आफ्नै जग्गा सम्बन्धी मुद्दाको किचलोमा छन् । उता, जीवनकुञ्जमा भने पारस र ज्ञानेन्द्रबीच कम्तिमा संवादको स्थिति निर्माण गर्ने, त्यसबाट पनि नभए एकजना मध्यस्तकर्ता (शायद, डा. राजीव नै) मार्फत बाबु–छोराको कुरा आदान–प्रदान गर्ने, त्यसरी पनि कुनै सीप नचलेमा भरपर्दा एकजना वकिल मार्फत् अदालतमा मुद्दा लैजाने जस्ता सल्लाह चलिरहेको स्रोतले जनाएको छ । ज्ञानेन्द्र मात्रै होइन, पारसको पछिल्लो समस्याग्रस्त स्थितिप्रति पत्नी हिमानी, आमा कोमल र सहोदर बहिनी प्रेरणाले पनि उति चासो दिईरहेका छैनन् । ज्वाई राजबहादुर त झन किन पारसँग जान्थे र, जेठान र ससुराको सम्बन्ध बिग्रिएको फाइदा उठाईहालिन्छ कि भन्नेमा छन् । धीरेन्द्रपुत्री र ज्वाईंहरु अहिलेसम्म ज्ञानेन्द्र–पारसबीच संवादबाट सहमतिको पहलमा छन् । स्रोत भन्छ–‘उनीहरु भाइ फुटे, गवाँर लुटे भनेजस्तो नहोस् भन्ने चाहिरहेका छन् ।’

You Might Also Like This

 

Pages