Wednesday, 23 January 2013
फेसबुक चलाउन सकिने घडी |
विश्व प्रविधिमा धेरै अघि बढी सकेको छ । कतिपय अचम्म लाग्ने कुराहरु प्रविधिको विकासले सजिलै सम्भव समेत हुन थालेका छन् । त्यसको एक ज्वलन्त उदाहरणको हो मार्टिन घडी जसबाटै फेसबुक चलाउन सकिने बीबीसीले जनाएको छ ।
उक्त घडीबाट अन्य धेरै काम समेत गर्न सकिने छ । ‘मार्टिन वाच’ नामक उक्त घडीले मानिसको प्रश्नको उत्तर पनि दिनेछ । समाचारका अनुसार मानिसले नजिकमा कुनै रेष्टुरेन्ट भए–नभएको बारे प्रश्न गरे उक्त घडीले रेष्टुरेन्टको ठेगाना बताईदिनेछ ।
त्यस्तै उक्त घडीमा एक एलसीडी डिस्प्ले हुन्छ, जसबाट फेसबुक स्टाटस अपडेट गर्न सकिनेछ । घडीबाट सन्देश पढ्नमात्रै होइन, सुन्न समेत सकिनेछ । त्यस्तै उक्त घडीले तस्वीर पनि खिच्न सक्छ भने तपाईंले खिचेको तस्वीरका बारेमा अन्यले थाहा नपाउन पनि सक्छन्
तर, यो घडीले काम चाँही कसरी गर्छ त ? समाचारका अनुसार उक्त घडी मासिनले खल्तीमा राखेको मोबाईलसँग ब्लूतुथ मार्फत मोबाईल र घडीको प्रविधि जोडिनेछ । जब मानिसले यस घडी मार्फत कुरा गरिरहेका हुन्छन् त तब मोबाईल प्रविधिले त्यससँग सम्बन्धित भएर काम गरिरहेको हुनेछ ।यस घडीमा एक माइक्रोफोन हुन्छ । जसले मानिसको आवाज मोबाईलसँग जोडिरहेको हुन्छ । उक्त घडीले एन्ड्रोइड र आईओएस किसिमका मोबाईलहरुमा काम गर्न सक्ने जनाइएको छ ।क्यालिफोर्नियामा रहेको मार्टिन वाच वायरलेस टेक्नोलोजिमा काम गर्ने कम्पनी हो । पछिल्लोपटक ल्याएको यो घडीले अहिले बिश्वभर चर्चा कमाइरहेको छ । यस्तो घडीको अधिकतम मूल्य ३ सय अमेरिकी डलरसम्म छ ।