Wednesday, 9 January 2013
सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्व महाप्रबन्धक मदनराज शर्मालाई भ्रष्टाचारी ठहर
सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्व महाप्रबन्धक मदनराज शर्मालाई भ्रष्टाचारी ठहर गरेको छ।
प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले शमालाई भ्रष्टाचारी ठहर गर्दै एक वर्ष कैद र एक करोड सात लाख ९९ हजार ५६० रुपैयाँ विगो तथा जरिवानाको फैसला सुनाएको छ। शर्मा २०५५ सालदेखि २०५७ सालसम्म आयल निगमको महाप्रवन्धक थिए।
विशेष अदालतले यसअघि शर्माले दुई करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै दुई बर्ष कैद र जरिवाना सहित चार करोड रुपैयाँ बराबरको सम्पत्ति जफत गर्न आदेश दिएको थियो।