Sunday, 20 January 2013

जुम्लामा ३ फिट हिउँ

जुम्ला, माघ ७, जुम्ला बिहीबार रातिदेखि लगातार परेको हिमपातका कारण जुम्लाको तापक्रम माइनस १२ डिग्रीमा झरेको छ । लगातारको हिमपातका कारण तामक्रम घटे पछि त्यहाँको जनजीवन पनि निकै कष्टकर बनेको छ । हिमपातका कारण मानिसहरु घरबाहिर निस्कन समेत सकिरहेका छैनन् । जुम्ला सदरमुकाम खलंगामा अहिले ३ फिट हिउँ जमेको बताइएको छ । अत्याधिक चिसोका कारण पानी जम्नाले धारामा पानी आउन सकेको छैन भने विद्युत, केवल लाइन, टेलिफोन सबै अवरुद्ध बनेको छ । सडकमा बाक्लो हिउँ जम्नाले कर्णाली राजमार्गमा गाडिसमेत चल्न सकेका छैनन् । तर, हिउँ पर्नाले बालीनाली लगाउन पाइने र लगाइएका बाली सप्रने भएकाले किसानहरु भने खुसी भएका छन् । मानिसहरु हिउँ खेलेर रमाइलो गरेका छन् भने घरमा आगो बालेर न्यानो बनाएका छन् । 

You Might Also Like This

 

Pages