Sunday, 20 January 2013

डोटीको रुपसकाँडा बस दुर्घटनामा चालक दोषी

डोटीको रुपसकाँडामा भएको बस दुर्घटनाको कारण चालकको लापरवाही रहेको खुलासा भएको छ । 
घटना अनुसन्धानका लागि गठित उच्च स्तरीय कार्यदलका अनुसार ३१ ज्नाको ज्यान जाने गरी भएको सो दुर्घटनाको मुख्य कारण चालकको लापरवाही रहेको छ । टोलीले आज घटना स्थलको स्थलगत निरीक्षण पछि कार्यदलले सो निर्णय गरेको कार्यदलका संयोजक क्षेत्रिय प्रशासक आत्माराम पाण्डेयले जानकारी दिनुभयो । भीमदत्त राजमार्गमा बढ्दै गईरहेको सवारी दुर्घटना बारे बिस्तृत अध्ययनका लागि सरकारले सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासक आत्माराम पाण्डेयको संयोजकत्वमा उच्च अधिकारीहरु सम्मिलत कार्यदल गठन गरेको थियो । कार्यदलमा सुदूरपश्चिमाञ्चल प्रहरी प्रमुख शुसिलबरसिंह थापा, सुप सडक निर्देसक किसोर गंगोल, यातायात ब्यवस्था सेती अञ्चल प्रमुख टोपेन्द्र के.सी र यातायात ब्यवसायी महासंघ सदस्य टेकराज जोशी रहनु भएको छ ।  टोलीले बाकी चार दिनमा भीमदत्त राजमार्ग दुर्घटना बारे अझै गहन अध्ययन गरी सरकारलाई बास्तविकता सहित दुर्घटना न्युनिकरणका लागि सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यदल संयोजक पाण्डेयले जानकारी दिनुभयो । 

You Might Also Like This

 

Pages