Sunday, 6 January 2013

२८ र ३३ मा अत्याधिक.....चाहना

स्वभावअनुसार उनीहरूको यौन चाहना पनि फरक फरक हुने गर्छ । यस्तै स्वभावलाई आधार मानेर विभिन्न घारणा र अध्ययन सार्वजनिक हुने हुने गरेका छन् । एउटा पछिल्लो अध्ययनले महिलाले २८ वर्षको उमेर र पुरुष ३३ वर्षको उमेरमा चरम यौन सुख प्राप्त गर्ने जनाएको छ । बेलायती युवायुवतीमाझ गरिएको पछिल्लो अनलाइन सर्वेक्षेणले फरक फरक उमेरमा महिला र पुरुषको यौन चाहना तीव्र हुने खुलासा गरेको हो ।
महिलालाई ३० वर्षको उमेरमा र पुरुषले १८ वर्षको उमेरमा अत्याधिक यौन चाहना हुन्छ भन्ने यसअघि गरिएको यस्तै अध्ययनको विपरित नयाँ अध्ययनले नयाँ खुलासा गरेको हो । १ हजार २ सय ८१ मानिस सहभागी सो अध्ययनमा महिलाले १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने बताइएको छ । त्यस्तै पुरुषले भने महिलाले भन्दा एक वर्ष अगाडि अर्थात १७ वर्षको उमेरमा नै यौन सम्पर्क गर्ने जनाइएको छ । ‘अन्य चिज जस्तै सेक्स पनि जति अभ्यास ग¥यो त्यति सहज हुन्छ,’ अध्ययनमा सहभागी तथा यौन सम्बन्ध विज्ञ टे«सी कोक्स भन्छिन्, ‘तसर्थ पुरुषले १८ वर्षको तुलनामा ३३ वर्षको उमेरमा पुग्दा निकै राम्रोसँग यौन क्रियाकलाप गर्न सक्छन् । यो उमेरमा पुग्दा पुरुषलाई आफ्नो चरम यौन उत्तेजना (क्लाइमेक्स) लाई नियन्त्रण गर्न सिक्छन, अध्ययनमा भनिएको छ । यसैगरी पुरुषहरूले आफू ३ दशक पार गरेपछि मात्र महिलाको जटिल यौन प्रणालीलाई बुझन् सक्ने दाबी गरिएको छ । ‘यस अध्ययनले हामीले यस अगाडि बुझेको तर व्यवहारमा उर्तान नसकेको कुरालाई पुष्टि गर्छ,’ कोक्सले भनिन्, ‘सम्बन्ध बढ्ने वित्तिकै हामीले यौन क्रियाकलाप सुरु गछौं जुनबेला तीब्र यौन चाहना हुन्छ ।’ ‘पुरुषको भन्दा महिलाको यौन प्रणाली जटिल भएपनि महिलाले आफूहरू पुरुष भन्दा अलि ढिलो सन्तुष्ट हुने बारेमा पर्याप्त जानाकारी राख्छन्,’ अध्ययनमा भनिएको छ । लभ्लीहनी युकेले यो अध्ययन गरेको थियो ।

You Might Also Like This

 

Pages