१ माघ, सिड्नी । अष्ट्रेलियाका नेपालीहरुले पनि तरुल, चाकु र तिलको लड्डु खाएर माघेसक्रान्ति मनाएका छन् ।
नेपालीहरुको बाक्लो बसोवास रहेका सिड्नी, मेलवन, पर्थ र वि्रसवन जस्ता शरहका सव अर्वहरुमा नेपालीले संचालन गरेको ग्रोसरीमा पसलमा सहजै रुपमा चाकु र तिलको लड्डु उपलब्ध थियो । नेपाली बहुल सवैजसो शहरमा बिभिन्न कार्यक्रम आयोजना गरि माघेसक्रान्ति मनाएका खवरहरु प्राप्त भएका छन् ।
नेपाली शेफ सुरज प्रधानका अनुसार यो वर्ष अष्ट्रेलियको छिमेकी देश फिजीमा गएको आँधीका कारण तरुलको आयात कम भएपनि नेपालीले परिवारमा भेला भएर यो पर्व मनाएका छन् । माघेसंक्रान्तिको अवसरमा मगर समाज अष्ट्रेलियाले सिड्नीको म्यारिकभिलमा माघि उत्सवको आयोजना गर्यो ।
जनवरी १२ तारिख शनिवार आयोजित उक्त कार्यक्रममा परम्परागत रुपमा पितृ पुजा गर्नुका साथै एक आपसमा शुभकामना आदान-प्रदान गरिएको थियो । मगर संघ अष्ट्रेलियका अध्यक्ष राजेन्द्र थापा मगरका अनुसार नेपाल राष्ट्रिय मगर संघले केही वर्ष अघिदेखि माघेसक्रान्तिलाई मुख्य पर्वको रुपमा मनाउँदै आएको छ ।


