Monday, 14 January 2013

चलचित्रकर्मीहरुले भोलि सिंहदरबार घेर्ने


चलचित्रकर्मीहरुको आन्दोलन चलचित्र विकास बोर्ड हुदै भृकुटी मण्डप, रत्नपार्कको शान्ति बाटिका,नयाँबानेशवर संबिधानसभा भवन अगाडी पछि भोलि मंगलवार माघ २ गते बिहान्  ११ बजे सिंहदरबारको पुर्बी गेट, अनामनगरमा भेला भइ नारा जुलुश सहित सिंहदरबार वरपर बिरोध प्रदर्शनको कार्यक्रम रहेको छ  । आन्दोलनको नेतृत्व राष्ट्रिय चलचित्र संरक्षण मञ्चले गरिरहेको छ भने शनिबारसम्म नेपाली चलचित्रसँग सम्बन्धित अन्य दसवटा प्रमुख संस्थाले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

 गत पुस ५ गते सञ्चारमन्त्री राजकिशोर यादवले चलचित्रकर्मीसँग गरेको प्रतिबद्धता पूरा नभएपछि कलाकर्मीहरूले चलचित्रक्षेत्रसँग सम्बन्धित नौबुँदे माग राखेर गत बुधबारबाट सडक आन्दोलन गरिरहेका छन्। भोलि मंगलवार माघ २ गते बिहान्  ११ बजे सिंहदरबारको पुर्बी गेट, अनामनगरमा भेला भइ नारा जुलुश शाहीत सिंहदरबार वरपर बिरोध प्रदर्शनको कार्यक्रम रहेको छ , कलाकर्मीहरूको आन्दोलन गत बुधबार बिहान १० बजे सञ्चार मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डमा ताला लगाएर सुरु भएको थियो।

चलचित्रकर्मिहरुले चलचित्र विकास बोर्डलाई स्वायत्त गर्नुपर्ने, त्यसको अध्यक्ष तथा पदाधिकारी प्रत्यक्ष रूपमा चलचित्र क्षेत्रमा संलग्न भएको हुनुपर्ने, श्रमजीवी चलचित्र ऐन निर्माण गरी लागू गर्नुपर्ने, बोर्डले पास गरेको नियम तत्काल पास गरी लागू गर्नुपर्ने, स्वदेशी चलचित्रलाई अग्रस्थानमा राखी विदेशी चलचित्र प्रदर्शनमा कोटा प्रणाली लागू गर्नुपर्ने, बक्स अफिसको केन्द्रीय संरचना तयारी पारी लागू गर्नुपर्नेलगायतका मागहरू राखी आन्दोलन गरिरहेका छन्। त्यस्तै, स्वदेशी तथा विदेशी उत्पादनको नेपालबाट प्रसारण तथा प्रचार हुने श्रव्य, दृश्य एवं अन्य प्रचार सामग्रीको उत्पादनमा अनिवार्यरूपमा नेपाली जनशक्ति प्रयोग गर्नुपर्ने, सेन्सर समिति चलचित्रकर्मीको नेतृत्वमा गठन हुनुपर्ने तथा सेन्सर बोर्डको आचारसंहिता निर्माण गरी लागू गर्नुपर्नेजस्ता मागहरू पनि रहेका छन्। यी कुराहरू पूरा नभई नेपाली चलचित्रको विकास नहुने भएकोले जसरी भए पनि सरकारले आफ्ना मागहरूलाई सम्बोधन गर्नुपर्ने कलाकर्मीको भनाइ छ।

You Might Also Like This

 

Pages