Tuesday, 8 January 2013

श्रीमतीको योजनामा श्रीमानको हत्या, ४ पक्राउ

पौष २४ । काठमाडौको चपलीमा गत सोमबार भएको फुदोर्ची शेर्पाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै श्रीमतीसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक शेर्पाकी श्रीमती याङ्ची शेर्पा, संखुवासभा याफुका २५ वर्षीय पासाङ्ग शेर्पा, २७ वर्षीय निर कुमार कार्की र २६ वर्षीय फुर्तेन्जी शेर्पा रहेका छन् । फुदोर्चीलाई उनीहरुले गत पौष २२ गते चपलीस्थित टहरोभित्र हत्या गरी खाल्टो खनेर पुरेका थिए । श्रीमान्को हत्याका लागि श्रीमती याङची शेर्पाले ३ जनालाई प्रयोग गरेको प्रहरीले जनाएको छ ।
श्रीमती याङचीले श्रीमानको हत्याका लागि तीन जनालाई जनही १ लाख २५ हजारका दरले रकम दिएको खुलेको पनि प्रहरीले बताएको छ । अभियुक्त पासाङ्ग शेर्पासँग याङचीको अनैतिक सम्बन्ध रहेकाले फुदोर्चीको हत्याको योजना बनाएको अभियुक्तहरुले बताएका छन् । अभियुक्तहरुको साथबाट २ लाख १८ हजार नगद र हत्या प्रयोग भएको हतियार बरामद भएको पनि प्रहरीले जनाएको छ ।

You Might Also Like This

 

Pages