Tuesday, 8 January 2013

फिफाको टिम अफ दि इयरमा इङ्ग्लिस स्टारहरु परेनन्

इङ्ग्लिस फुटबल धेरैले रुचाउँछन् । इङ्ग्लिस क्लबहरुमा एक से एक स्टार फुटबलरहरु पनि छन् । तर, फिफाले सर्बजनिक गरेको टिम अफ दि इयरमा भने इङ्ग्लिस प्रिमियर लिगका स्टारहरु रोविन भानपर्सी, फ्रांक लाम्पार्ड, वायन रुनी, सर्जिओ एग्युरो, याया टोरे लगायतका कोही पनि पर्न असफल भएका छन् । उसो त फिफा प्लेयर अफ दि इयर पनि इङ्ग्लिस क्लब म्यानचेष्टर युनाइटेडमा रहँदा क्रिष्यिानो रोनाल्डोले सन् २००८ मा जिते बाहेक हरुले जित्न सकेका छैनन् ।
फिफा टिम अफ दि इयरमा सबै खेलाडी स्पेनिस ला लिगका परेका छन् । बार्सिलोना र रियल मड्रिडका ५-५ छन् भने एथ्लेटिको मड्रिडका एक । टोलीमा लगातार चौथो पटक फिफा बलोन डी ओर जितेका बार्सिलोनाका लिलोनल मेस्सीसँगै आन्द्रे इनिष्टा, जाभी, ड्यानी अल्भेस र जेरार्ड पिके छन् भने रियल मड्रिडबाट क्रिष्टियानो रोनाल्डो, मार्सेलो, सर्जिओ रोमोस, जावी एलोन्सो र इकार कासिलास छन् । यसैगरी एल्थेटिको मडि्रडबाट राडामेल फल्काओ फिफा टिम अफ दि इयरमा परेका छन् ।

You Might Also Like This

 

Pages