Thursday, 3 January 2013

कोमल वली राजेश हमालकी पत्नी बन्ने

काठमाडौं, पुस १९ गायिका कोमल ओली अब फिल्म'राजनीति'मार्फत्अभिनेत्रीका रुपमा देखा पर्ने भएकी छन्।उनी यसमा राजेशहमालकी पत्नी बन्दैछिन्। बुधबार बिहानउनले फिल्मको सम्झौतापत्रमा हस्ताक्षरगरेलगत्तै ड्रेससमेत छनोट गरिन्।'फिल्म खेल्नकै लागि बेलायतमा हुनेकार्यक्रम रद्द गरेँ,' फिल्मप्रति मोहबढ्नुको कारण खुलाउँदै कोमलले भनिन्,'महिला सशक्तिकरण र सकारात्मकपरिवर्तनका लागि समाजमा महिलालेपुर्याएको योगदानमाथि फिल्म केन्द्रितछ। त्यसैले काम गर्न मन लाग्यो।'फिल्ममा अभिनय गर्न कुनै असजिलो नहुनेउनको दाबी छ। उनी अभिनयको प्रशिक्षणलिने पक्षमा पनि छैनन्। 'मलाई तुरुन्तैसुटिङ गर्ने परे पनि कुनै आपत्ति छैन,' उनलेपुस महिनामै सुटिङमा निस्कनेजानकारी दिइन्।फिल्ममा अभिनय गरे पनि उनको गायन भनेरहने छैन।
'गीतहरु पहिल्यै रेकर्डभइसकेकोले मैले अभिनयमै ध्यान दिएपुग्नेभयो,' दाङकी कोमलले सुटिङ भनेआफ्नो गृहजिल्लामा गर्नुपर्ने प्रस्तावराखेकी छिन्।माओवादीको विषयमा बनेको 'आगो'फिल्ममा अफर आउँदा काम नगरेको उनलेखुलाइन्। एमएस अग्रजको फिल्म'दबदबा'मा भनेएउटा गीतमा उनी देखिएकी थिइन्।म्युजिक भिडियोमा मोडलिङगरेको अनुभवले अभिनयमा आत्मविश्वासबढेको उनले बताइन्।यो फिल्ममा कोमलसँगै अभिनेता राजेशहमालसमेत देखिने छन्। 'राजेशदाइराजधानीबाहिर जानुभएकाले मौखिकरुपमा फाइनल भयो,' निर्देशक वसन्तनिरौलाले भने। यही साता सुटिङ सुरुगरिने उनले बताए। ३० दिनको सुटिङराजधानी र वीरगञ्जमा गरिनेउनको तयारी छ।यसमा अर्जुन पोखरेलले संगीत दिएका छन्।राजनीतिक नेतृ रराजेशकी पत्नीको भूमिकामा कोमलदेखा पर्न लागेकी हुन्। 'दुवैको केमेस्ट्री रउमेर मिलाउन खोजिएको हो,' कलाकारछनोटबारे निर्देशकले भने।

You Might Also Like This

 

Pages