Thursday, 3 January 2013

सीमा भन्दै थिइन्, ‘सबै दृष्य मेरा होइनन्।'

यौनलाई मुख्य विषय बनाएर फिल्म बनाउने क्रम बढेकै छ। त्यसैमा थपिएको छ, ‘युज'। उक्त फिल्मको हालै मात्र प्रोमो तथा अडियो एल्बम सार्वजनिक गरियो। कलेज पढ्दै गरेका युवायुवतीको प्रेम र यौनलाई समेटिएको भनिएको फिल्मको प्रोमोमा बेडसिन र चुम्बनका दृष्यले राज गरेका छन्। बिएस बलामीको निर्देशनमा बनेको उक्त फिल्ममा नायिका सीमा केसीले भरपूर ग्ल्यामर पस्केको प्रोमोमा देखिएको छ। तर, नायिका केसीका कुरा भने चकित पार्ने खालका थिए। भन्दै थिइन्, ‘सबै दृष्य मेरा होइनन्।' कसका त? जवाफ फर्काइन्, ‘फिल्म हेरेपछि थाहा हुन्छ।' सेन्सरले काट्यो भने नि!

You Might Also Like This

 

Pages