Wednesday, 2 January 2013

अस्ट्रेलियामा ठगिए नेपाली विद्यार्थी:-

सप्तरीको जग्गा बेचेर अस्ट्रेलिया पढ्न गएका नेपाली विद्यार्थी रितेश देवकोटा त्यहाँको कलेजको त्रुटिका कारण शैक्षिक प्रमाणपत्रबिना बेखर्ची भएर स्वदेश र्फकनुपरेको छ । चार वर्षअघि डिप्लोमा इन हस्पिलाटी म्यानेजमेन्ट र कमर्सियल कुकेरी पढ्न अस्ट्रेलिया गएका देवकोटा पढाइमा उत्कृष्ट हुंँदाहुँदै पनि त्यहाँको होम्स कलेजले चाहिने शु्ल्क रु १८ लाख लिएर रित्तो हात घर फर्किनुपरेको गुनासो आज शिक्षा पत्रकार समूहद्वारा आयोजित छलफल कार्यक्रममा गर्नुभयो । “मेरो लाखौं रुपैयां र दुई वर्षको समय मात्र खेर गएन कि सर्टिफिकेट नपाउंदा ठूलो मानसिक तनाव पनि खेप्नुपर्‍यो ।” उहाँले भन्नुभयो । पीडित विद्यार्थी रितेशले कलेजको गलत हर्कतका विरुद्ध अस्ट्रेलियाको एजुकेसन बोर्ड तथा त्यहाँका अन्य सरकारी निकायमा धाउँदा समेत न्याय पाउन सकेका छैनन् तर गत अगस्तमा त्यहाँका प्रधानमन्त्री जुलिया गिलार्ड भारत आएका बेला रितेशले दिएको निवेदनमाथि कारबाही गर्दै दिल्ली हाइ कमिसनले रितेशको नाममा नक्कली सर्टिफिकेट जारी नभएको स्वीकार गरेको र उनलाई सम्पर्कमा रहन भनेको छ ।
पीडित रितेशका भिनाजु रोशन उप्रेतीले भएको जायजेथा बेचेर पढ्न पठाए पनि अस्ट्रेलियाली कलेजको गल्तीका कारण कुनै उपलब्धि नभएको भन्दै दुखेसो व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “सबै कागजात सक्कली भएको र नियमसङ्गत नै अस्ट्रेलियामा पढेको भए पनि उसलाई दिएको सर्टिफिकेट नक्कली रहेछ ।” नेपाल शैक्षिक परामर्श सङ्घ -इक्यान) का उपाध्यक्ष प्रकाश पाण्डेले रितेशलाई कोर्स परिवर्तनबारे जानकारी नगराएको हो भने कलेज दोषी रहेको हुन सक्ने बताउँदै रितेशले त्यहाँ कानुनी उपचार खोज्नुपर्ने सुझाव दिनुभयो । शिक्षा मन्त्रालयका सहप्रवक्ता रोजनाथ पाण्डेले रितेशलाई विदेश पठाउने संस्था इन्टरफेसले यसमा सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले रितेशलाई मन्त्रालयमा निवेदन दिन आग्रह गर्दै मन्त्रालयले उनको समस्या समाधानका लागि प्रक्रिया अगाडि बढाइदिने आश्वासन दिुनुभयो । रासस

You Might Also Like This

 

Pages