Sunday, 6 January 2013
भानपर्सीले म्यानचेष्टर युनाइटेड हार टारे
अन्तिम मिनेटमा रोविन भानपर्सीले अन्तिम मिनेटमा गोल गरेपछि ११ पटकको विजेता म्यानचेष्टर युनाइटेड एफ ए कप फुटबलमा वेष्टह्यामसँग हारबाट जोगिएको छ ।
शनिबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले वेष्टह्यामसँग २–२ गोलको बराबरी खेलेको छ । खेलमा २–१ ले पछि परेको अवस्थामा अन्तिम मिनेटमा भानपर्सीले बराबरी गोल परेका थिए ।
खेलमा अग्रता भने युनाइटेडले नै दिएको थियो । २३ औं मिनेटमा टम क्लेभर्लीले युनाइटेडलाई अग्रता दिलाए । तर, २७ औं मिनेटमा बराबरी गोल फर्काएका बेष्टह्यामका कोलिन्सले ५९ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए ।
सिटी र चेल्सीको सहज जित
म्यानचेष्टर सिटी र चेल्सी एफ ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । बाटफोर्डलाई ३–० ले पराजित गर्दै म्यानचेष्टर सिटी चौथो चरणमा प्रवेश गरेको हो । सिटीको जितमा टेभेज, ब्यारी र लोपेजले गोल गरे ।
अर्को खेलमा चेल्सीले साउथह्याम्पटनलाई ५–१ ले पराजित गरेको छ । चेल्सीको जितमा न्यूक्यासलबाट शुक्रबार मात्र क्लबमा आवद्ध भएका डेम्बा बाले २ गोल गरे भने मोसेस, इभानोभिनर लाम्पार्डले एक–एक गोल गरे ।