Wednesday, 2 January 2013
तरकारी खेती गरेर रु ५० लाख मूल्य पर्ने जग्गा खरिद।
कञ्चनपुरमा एक व्यावसायीले तरकारी खेती गरेर उदाहरणीय काम गरी राम्रो आम्दानी गर्न सफल भएका छन् ।
जिल्लाको विकट दक्षिणी क्षेत्र लक्ष्मीपुर कुण्डाका जगत्राथ चौधरीले व्यावसायिक रूपमा तरकारी खेती गरेर गाउँमै रु ५० लाख मूल्य पर्ने एक बिघा १३ कठ्ठा जग्गा खरिद गर्न सक्षम भएका हुन् ।
बाह« वर्षअघि शुक्लाफाँट वन्यजन्तु आरक्षको विस्तारित क्षेत्रबाट सट्टा भर्नावापत पाएको १० कठ्ठा जग्गामा मौसमी र बेमौसमी तरकारीखेती गर्न थालेका चौधरीले हाल डेढ बिघा जग्गामा विस्तार गरेका छन् ।
तीन दाजुभाइसहित १५ जनाको संयुक्त परिवारमा बस्दै आएका उनले परिवारका लागि आवश्यक खाद्यात्र, लत्ताकपडा, बालबालिकाको विद्यालयको खर्च तरकारीखेती गरेर धान्दै आएका छन् ।
उनले खेतमा उत्पादित तरकारी निकटवर्ती भारतीय बजार बसई, खजुरिया, स्थानीय बजार बेलौरी र धनगढी पुर्याएर बेच्ने गर्दछन् ।
भारतीय तरकारी स्थानीय बजारमा आउनु भन्दा अगाडि नै तरकारी उत्पादन गर्ने भएकाले बेच्नका लागि बजारको समस्या नभएको उनले भनाई छ ।
वार्षिक रूपमा उत्पादित तरकारी बेचेर रु ६ लाखभन्दा बढी उनको आम्दानी छ । तरकारी बेचेर बचत गरेको रु ५० लाखले गाउँमा डेढ बिघाभन्दा बढी जमिन खरिद गर्न सफल भएको उनी निक्कै खुसी छन्