Wednesday, 2 January 2013
नयाँ दिल्लीमा फेसबुक मित्रबाट किशोरी बलात्कृत
नयाँ दिल्ली - भारतको नयाँ दिल्लीमा एक १७ वर्षीया किशोरी आफ्नै फेसबुक मित्रबाट बलात्कारको शिकार भएकी छिन् ।
नयाँ वर्षको अवसरमा आयोजित पार्टीमा बोलाएर ती किशोरीलाई आफ्नै फेसबुक मित्रले बलात्कार गरेको बताइएको छ ।
११ कक्षामा अध्ययनरत उनलाई दुई जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । ती किशोरीले आफूलाई बलत्कार गर्नेमध्ये एक जनालाई मात्र चिनेको प्रहरीसँगको बयानमा भनेकी छिन् ।
उनलाई पार्टीमा अत्याधिक मदिरा पिलाएर उनीहरुले कोठामा लगेर बलात्कार गरेका थिए। आफूलाई बलात्कार गरेको किशोरीको उजुरीपछि बलात्कारमा संलग्न दुबैलाई प्रहरीले न्यायिक हिरासतमा लिएको छ।