जनताका सुरक्षामा दिनरात खट्ने सशस्त्र प्रहरीलाई आवासको समस्या भएको छ। सशस्त्रले आफै जमीन खरिद गरेर भवन बनाउन खोजेपनि जग्गा नपाउँदा समस्या उत्पन्न भएको हो। जिल्लाका विभिन्न स्थानमा वेश क्याम्प स्थापना गरी बस्दै आएका सशस्त्र प्रहरीलाई बस्ने भवनको पर्याप्त व्यवस्था नहुँदा चोरी तस्करी र सुरक्षा कायम गर्न अप्ठेरो पर्ने गरेको श्रीअन्तु गुल्मका प्रहरी नायव उपरिक्षक गणेश बहादुर संग्रौलाले बताउनुभयो।
सदरमुकामस्थित श्रीअन्तु गुल्म दुई वर्षदेखि कारागार शाखाको भवनमा आश्रय लिएर बसेको छ। साँघुरो र पूर्वाधार विनाको भवन भएकाले बस्न समस्या भएको सशस्त्रले जनाएको छ। सुत्ने कोठा पनि साँघुरो र कामचलाउ मात्र छ। जिल्लाको मूल्य कार्यालय श्रीअन्तु गुल्म भएपनि यहाँ बाथरूम र शौचालयको उचित प्रवन्ध भएको छैन्। हतियार राख्ने भण्डार कोठा समेत नभएकाले समस्या भएको छ।
मेचीराजमार्गमा सुरक्षा प्रदान गर्न, सीमा क्षेत्रबाट हुने चोरी–तस्करी नियन्त्रणका लागि फिक्कलमा स्थापना भएको वेसक्याम्प स्थापना भएपनि उक्त वेश क्याम्प पूर्वाञ्चल सडक डिभिजन कार्यालयकोजमीनमा बस्दै आएको छ।