Friday, 4 January 2013

ताप्लेजुङमा प्रश्नपत्र बनाउने बिषयमा तालि


 अघिल्लो बर्ष झापा जिल्ला शिक्षा कार्यालयमा सोधिएको प्रश्नपत्र जस्ताको तस्तै साभार गरेर प्रश्नपत्र बनाएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले यो बर्षभने कक्षा ८ को प्रश्नपत्र बनाउने तालिम सञ्चालन गरेको छ।

जिल्लाका २६ जना बिषयगत शिक्षकलाई समावेस गरी तालिम सञ्चालन गरिएको शिक्षा कार्यालयका अधिकृत योज्ञेश्वर भट्टराईले वताउनुभयो।

हेमराज गौतमले सहजीकरण गरेको तालिममा सामाजिक, अंग्रेजी, गणीत, नेपाली, बिज्ञान, स्वास्थ्य र जनसंख्या बिषयको प्रशिक्षण दिइएको हो। कक्षा ८ बाट ९ मा गएका बिद्यार्थीका अनुसार गत बर्ष अनिवार्य बिषयका सबै प्रश्नपत्र झापाले अघिल्लो बर्ष सोधेको जिल्ला मात्रै परिबर्तन गरेर जस्ताको तस्तै सोधिएको थियो।  

You Might Also Like This

 

Pages